१६ माघ २०७६, बिहीबार

काठमाडौं, १६ माघ । फिल्म ‘म यस्तो गीत गाउँछु २’ को तेस्रो गीत सार्वजनिक भएको छ । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको अभिनयमा फिल्मको ‘कसम’ बोलको गीत आज (बिहीबार) सार्वजनिक गरेको हो।

यो भन्दा अगाडि फिल्मको ‘तिम्रो घरको वरिपरी’ र ‘दुःखको काँडा’ सार्वजनिक भइसकेको छ । सार्वजनिक भएको दुबै गीतलाई दर्शकले रुचाइरहेको छ । फिल्मको तेस्रो गीतमा पल र पूजासँगै मोडल एलिसा शर्माको पनि फिर्चड रहको छ ।

फिल्मको गीतलाई सुगम पोखरेलले स्वर दिएका छन्, भने दिनेश राज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

‘म यस्तो गीत गाउँछु २’को निर्देशन सुर्दशन थापाले गरेका छन्, भने लगानी पनि सुदर्शन र पूजा दुबैले गरेका हुन्। सौरभ लामाले छायांकन गरेको फिल्मलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

फिल्ममा अभिनेता पल र अभिनेत्री पूजाको साथमा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायत कलाकारले अभिनय गरेका छन् । फिल्म फागुन २३ गतेदेखि प्रर्दशन हुँदैछ ।

LIVE TV