१६ माघ २०७६, बिहीबार

ललितपुर, १५ माघ । गोदावरी जेसीजको बिसौं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष किरण न्यौपाने लगायत २० सदस्यीय कार्य समितिले सपथ ग्रहण गरी आफ्नो पदभार लिएका छन् ।

कार्यक्रममा २०१९ का अध्यक्ष बलदेव खड्काले २०२० का नवनिर्वाचित अध्यक्ष किरण न्यौपानेलाई सपथ ग्रहणसँगै जेसीज चेन हस्तान्तरण गरेका थिए । कार्याक्रमबाट कार्यकारीणी उपाध्यक्षमा बिकाश बिक्रम थापा र हरि महर्जन तथा उपाध्यक्षमा विजय पाठक, निरञ्जन आचार्य, सुदिप कुईकेल र पुष्पा खड्का निर्वाचित भएका छन् । यस्तै अध्यक्ष न्यौपानेले आफ्नो कार्यसमितिका कानूनी सल्लाहकारमा प्रमोद प्रोखरेल, महासचिव किशोर आचार्य, कोषाध्यक्षमा अनूप आचार्यलाई मनोनित गरी सपथ ग्रहण गराएका थिए ।

पुर्व अर्थ राज्यमन्त्रि उदय शम्शेर राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीस क्षेत्र गका निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष गोकुल सापकोटा, महानगरीय प्रहरी प्रभाग बाडेगाँऊका प्रहरी निरिक्षक अरुण भट्टराई, मातृशाखा पाटन जेसीसकी अध्यक्ष डेजी नापित, लगायत जेसीससंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गोदावरी जेसीजका पुर्व अध्यक्षहरु रञ्जीत पोदारलाई फेडेरेसन अफ कम्प्युटर एसोसीयसन नेपाल क्यानको उपाध्यक्ष पदमा निर्वाचित भएको, पुर्व अध्यक्ष केशव भट्टराईलाई फेडरेसन अफ कम्प्युटर एसोसीयसन नेपाल क्यानको सदस्य पदमा निर्वाचित भएकोमा त्यस्तै पुर्व अध्यक्ष रमेश मान शाक्यलाई नयाँ बानेश्वर ब्यापार व्यवसायी संघको कोषाध्यक्ष पदमा निर्वाचित भएकोमा सम्मान व्यक्त गरिएको थियो ।

पुर्व अध्यक्षहरु आनन्द अधिकारी र सुमन राज जोशीलाई पनि सम्मान गरिएको कार्यक्रमको संचालन प्रमोद प्रोखरेलले गरेका थिए ।

LIVE TV