१६ माघ २०७६, बिहीबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, १६ माघ । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ स्थित धर्मभक्त निम्न माध्यमिक विद्यालयमा अध्ययनरत ३ सय ५२ जना विद्यार्थीलाई झोला वितरण गरिएको छ ।

विद्यालय निरन्तरताका लागि वडा कार्यालयले सरस्वती पूजाको अवसरमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई झोला वितरण गरेको हो ।

विहीबार नगर प्रमुख किरण सिंह, शिक्षा इकाई प्रमुख हरि ज्ञवाली र वडा अध्यक्ष दिरेप चौधरीले संयुक्त रुपमा झोला वितरण गरेका हुन् ।

यसै अवसरमा मेयर सिंहले सरकारी विद्यालयमा अध्यनरत विद्यार्थीलाई टिकाई राख्ने कार्य चुनौतीपूर्ण रहेको बताए । उनले अभिभावकहरुले समेत आफ्ना छोराछोरीको पढाई र विद्यालयको विषयमा चासो लिनुपर्ने बताए ।

उनले नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताए । सो अवसरमा वडा अध्यक्ष चौधरीले आफ्ना वडामा रहेको सरकारी विद्यालयको विकासमा आफ्नो विशेष चासो रहेको बताए ।

विद्यार्थीहरुलाई अध्ययनमा रुचि जगाउन प्रोत्साहन स्वरुप झोला वितरण गरिएको बताए । यसअघि गोटीहवामा रहेको कोटीग्राम माविमा ३ सय ८३ वटा झोला वितरण गरिएको पनि उनले बताए ।

चेतना बालबिकास केन्द्र कपिहवाका २९ बालबालिकालाई समेत झोला वितरण गरिनेछ । झोला वितरणका लागि कुल ५ लाख बजेट विनियोजन गरिएको छ । झोला पाएसँगै सबै विद्यार्थीहरु दंग छन् ।

LIVE TV