१६ माघ २०७६, बिहीबार
  • राजन परियार

सिन्धुली १६, माघ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जिल्लाको मरिण गाउँपालिका ३ को बरुण, भलायो, इनारटोल लगाएतका क्षेत्रमा लगाइएको अवैध गाँजा खेती फडानी तथा नष्ट गरेको छ ।

प्रहरीले विशेष सुराकीको आधारमा ३ विगाहा क्षेत्रफलमा लगाईएको अबैध गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाका डिएसपी श्याम बहादुर खत्रीकोे नेतृत्वमा गएको प्रहरीको टोलीले त्यस क्षेत्रमा लगाईएको गाँजाको बोट र काटेर सुकाई तयारी पारिएको ४ क्युन्टल गाजाँ पुर्ण रुपमा फडानि तथा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीका अनुुसार चुरे फडानी गरी कसैले नदेख्ने भित्री क्षेत्रमा गाँजा खेती गर्दै आएको पार्ईएको छ । ‘त्यस क्षेत्रमा लगाईएको गाँजा क्षेती नष्ट गरिरहेका छौ, गाँजा खेती लगाउने विरूध विशेष निगरानी गरी कानुनी दायरामा ल्याई कानुन अनुसार कार्वाही गर्नेछौँ’ डिएसपी खत्रीले भने ।

विगतका वर्षहरुमा उक्त क्षेत्रहरुमा अवैध रुपमा लगाईने गाँजा खेती प्रहरीले नष्ट गर्दै आएको छ ।

LIVE TV