१६ माघ २०७६, बिहीबार

काठमाडाैँ, १६ माघ । जुम्लाकी क्यान्सरपीडित पुम्फाका विषयमा सञ्चारमाध्यममा समाचार आएपछि सरकारले उनको निःशुल्क स्वास्थ्योपचार गर्ने भएको छ ।

स्तन क्यान्सरले मृत्युसँग संघर्ष गरिरहेकी तातोपानी गाउँपालिका-२ जर्मीगाउँकी ६५ वर्षीय पुम्फा दमाइँको सरकारले निःशुल्क उपचार गरिदिने भएको हो ।

सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनको स्वास्थ्य जाँच गराएको छ । उनलाई प्रतिष्ठानकै पहलमा निःशुल्क सदरमुकामसम्म एम्बुलेन्सका साथै जुम्लादेखि नेपालगन्जसम्म जाने हवाई सेवा पनि निःशुल्क गरिएकाे थियाे । स्तन क्यान्सरले गम्भीर बनेकी उनलाई थप उपचारका लागि हाल चितवन ल्याइएको छ ।

पुम्फाको पारिवारिक अवस्थालाई मध्यनजर गर्दै चितवनस्थित भरतपुर क्यान्सर अस्पतालले निःशुल्क उपचार गरिदिने भएको छ ।

LIVE TV