१६ माघ २०७६, बिहीबार
  • केदार शर्मा

चितवन, १६ माघ । ईलाका प्रहरी कार्यालय माडीले बुधबार साँझ वृद्धामाथि सामुहिक बलात्कार गरेको आरोपमा तीन जनाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माका अनुसार माडी नगरपालिका वडा नं. २ सितलपुरमा बोल्न नसक्ने वृद्धामाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूई पक्राउ गरिएको हो ।

सामूहिक बलात्कारको आरोप लागेका माडी ४ शितलपुर निवासी १८ वर्षका सन्दीप भण्डारी, २८ वर्षका रमेश सारु मगर र २५ वर्षका सुरेश चापागाईंलाई पक्राउ गरिएको निरीक्षक विश्वकर्माले जानकारी दिए ।

पूजा भएको ठाउँबाट घर फर्किन लागेकी वृद्धालाई खोला नजिक लगेर तीन जना युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरिरहेको अवस्थामा पीडितका दाजुले देखेपछि सन्दीप भण्डारीलाई घटनास्थलबाट नै नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरिएको थियो ।

अन्य दुई जनालाई भण्डारीकै सूचनाका आधारमा पक्राउ गरिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय माडीबाट बिहीबार बिहान जिल्ला सदरमुकाम भरतपुरमा ल्याईएको छ ।

LIVE TV