हिउँमाथि तीर्थयात्रीकाे घाेडसवारी र पहाडमा नाउर (तस्वीरमा)



प्रकाशित मिति : Jan 30, 2020

१. मुक्तिनाथ दर्शनका लागि बुधबार बारमुक्ति क्षेत्र गाउँपालिका- २ झाकोटस्थित घोडामा चढेर जाँदै गरेका तीर्थयात्रीहरू यस तस्वीरमा देख्न सकिन्छ । हिमपातका कारण यातायातका साधन ठप्प भएपछि तीर्थयात्रीलाई कठिनाइ परेको हाे । उनीहरू चिसाे र सेताम्मे हिउँमाथि रमाउँदै गइरहेका देखिन्छन् ।

२. मनाङकाे ङिस्याङ गाउँपालिका- ८ गुमछाङस्थित पहाडमा बुधबार देखापरेका नाउरको बथान । समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइको हिमाली क्षेत्रमा पाइने याे जनावर अग्ला भीरमा बस्ने गर्छ । नेपालमा पर्यटन तथा सिकारका लागि समेत याे जनावर प्रसिद्ध छ ।

तस्वीर : रासस


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com