१५ माघ २०७६, बुधबार
  • रामगाेपाल तमखु

भक्तपुर माघ १५ । भक्तपुर जिल्लाको मध्यपुर थिमिस्थित शंखधर पार्क निर्माणका लागि काठमाडाैं महानगरपालिकाले रु एक करोड बराबरको आर्थिक सहयोग गरेको छ ।

आज भएको अन्तरनगर साझेदारी कार्यक्रम अन्तरगत राष्ट्रिय विभुति शंखधर शाख्वाको नाममा बन्न लागेको मध्यपुर थिमिको नयाँ थिमिमा शंखधर पार्क निर्माण गनर्का लागि काठमाडौं महानगारपालिकाका मेयर विद्या सुन्दर शाक्यले मध्यपुर थिमि नगारपालिकाका मेयर मदन सुन्दर श्रेष्ठलाई एक कारोड बराबरको चेक हस्तान्तरण गर्नु भएको छ ।

कार्यक्रममा मेयर शाक्यले सहयोगको शुरुवात हो अन्तिम होईन भन्दै यसले स्थानीयलाई थप जागरण ल्याउने आशा व्यक्त गर्नुभयो । उहाँले काठमाडौं र मध्यपुर थिमि भौगोलिक रुपमा विभाजित भएता पनि मनले सहकार्य गरेर एकै ठाउँमा रहेको बताउनु भयो । त्यस्तै कार्यक्रममा मध्यपुर थिमिका मेयर मदन सुन्दर श्रेष्ठले विकास निर्माणका लागि आर्थिक सहयोग गरेकोमा मेयर शाक्यलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले श.खधर पार्कको गुरुयोजना देखाउनको लागि नभई यो योजनालाई पूरा गर्ने प्रतितवद्धता गर्नु भयो ।कार्यक्रममा मेयर श्रेष्ठले आगामी दिनमा मित्रता कायम रहि सहयोगको अपेक्षा राख्नुभयो ।

LIVE TV