१५ माघ २०७६, बुधबार
  • जनकबहादुर शाही,

हुम्ला, १५ माघ । हुम्लामा मौसमी रुघाखोकीका कारण डेढ महिनाको अवधिमा १४ जनाको मृत्यु भएको छ ।

केही दिनअघि पाँचको जनाको मृत्युभएको खबर आएको थियो । तर, हुम्लाका सबै स्थानीय तहको विवरण संकलन भएपछि मृत्यु हुने संख्या १४ पुगेको तथ्य बाहिर आएको हो ।

मौसमी रुघाखोकी प्रभावित क्षेत्रमा प्रदेश सरकारले स्वास्थ्यकर्मीको टोली र औषधि पठाएको ४ दिन पछि बुधबार मात्र प्रभावित क्षेत्रमा पुगेको छ ।

सोमबार रातिदेखि भएको हिमपातले स्वास्थकर्मीको टोलीलाई प्रभावति क्षेत्रमा जान समस्या भएको हो । चिसोले फैलिएको मौसमी रुघाखोकीका विरामी बढ्न थालेका छन् ।

सिजनल रुघाखोकीले गत पुष देखि माघ १३ गतेसम्म चंखेली, सर्केगाड र खार्पूनाथ गाउँपालिकामा १४ जनाको मृत्यु भएको छ ।

मृत्यु हनेमा चंखेली–६ मेल्छामको मासिधाराका ३९ वर्षीया जुनकला शाही, ६० वर्षीया प्याउली शाही, ६५ वर्षीया गौरीकला सार्की, ७० वर्षीय जसुराम साकीर्, सर्केगाड–३ उनापानीका ५५ वर्षीय रंगमल फडेरा, खार्पुनाथ गाउपालिका वडा न लालीका ७० बर्षिया देउधन सार्की,ं ७९ बर्षिया बृर्षे शाही, ५५ बर्षकी बेलसरा शाही, ७२ बर्षका पाथे ऐडी, ७० बर्षका गोपीसिंह बुढा, ६५ बर्षकी सजकला बुढा,६० बर्षका रणबिर बिष्ट, ६ बर्षका बालक युवराज शाही, बडा नं ३ की ३५ बर्षकी चन्दा बुढा रहेका छन् ।

जिल्लाका बिभिन्न ठाउँमा फैलिएको मौसमी रुघाखोकीको नियन्त्रणका लागि सोमबार रातिदेखि भएको हिमपातले अबरुद्ध गरेपनि जिल्ला अस्पतालका डाक्टर नबिन रोकाया नेतृत्वको टोली मंगलबार बिहानै सर्केगाड ३ उनापानीमा पुगेको थियो ।

मुगु जिल्ला अस्पतालका डाक्टर अमितराज गिरीको नेतृत्वको टोली र सुर्खेतबाट औषधि, ल्याबका उपकरणसहित आएको हेल्थ सहायक सुरबीर शाही र ल्याबका प्राविधिक टोलीे ४ दिन पछि चंखेली ६ मासिधारामा बुधबार बिहान पुगेर उपचारमा लागेको छ ।

मौसमी रुघाखोकी प्रभावित क्षेत्रमा प्रदेश सरकारले स्वास्थ्यकर्मीको टोली र औषधि पठाएको भए पनि हिमपातका कारण ४ दिन पछि मात्र पुगेको हो ।

जिल्ला अस्पतालका डाक्टर नबिन रोकायाको टोलीले मंगलबार र बुधबार सर्केगाड ३ उनापानीमा ७ सय ६० जनालाई चेक जाँच गरेको छ ।

उनापानीमा चेकजाँच ७ सय ६० जनामध्ये ६ सय ९९ जना लाई सामान्य रुगाखोकीको लक्षण देखिए पनि डराउनु पर्ने अबस्था नभएको डाक्टर रोकायाले बताउनुभयो । उनापानीको अवस्था सामान्य भए पछि बुधबार नै डाक्टर रोकायाको टोली चंखेलीको मासिधारामा पुगेको छ ।

यसैबीच अत्याधिक चिसोका कारण खार्पुनाथ गाउपालिका वडा नं. १ लालिमा दम तथा अन्य दीर्घ रोग भएका बिरामीहरु बढी संक्रमित हुने भएकाले मृत्युको कारण मौसमी रुघाखोकी भए पनि सबै दम र अन्य दीर्घ रोगका विरामीहरु मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो ।

गाउँमा फैलिएको भनिएको मौसमी रुघाखोकी लाग्न नदिनका लागि गाउँपालिकाका नागरिकलाई सरसफाईमा ध्यान दिन र धामी झाँक्रीतिर नलागेर समय मै स्वास्थ्य संस्थामा जान पनि उहाँको आग्रह छ ।

LIVE TV