१५ माघ २०७६, बुधबार
  • सविन लामिछाने

तनहुँ, १५ माघ । पूर्व राष्ट्रपति डा रामवरण यादवले पर्यटकीय क्षेत्रकोरुपमा विकास भईरहेको व्यास ५ को मानहँुडाँडा ऐतिहासिक ठाँउ रहेको बताउनु भएको छ ।

बुधबार मानहुँडाँडाको अवलोकन भ्रमणपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै पूर्व राष्ट्रपति यादवले मानहुँ ऐतिहासिक स्थल रहेको भन्दै यसको ंप्रवद्र्धन गर्नको लागि सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले सेती र मादी नदीको संगमस्थल रहेका यस ठाँउमा विकास गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

वेदव्यासको जन्म क्षेत्र रहेको धार्मिक र पर्यटकीय स्थल रहेकाले यस ठाँउको प्रवद्र्धन र विकास गर्न सबै लाग्नु पर्ने पनि उहाँको भनाइ थियो । उहाँले विभिन्न जनजातिको बसोबास रहेको मानहुँमा खानेपानीको समस्याको कारण बसाईसराईले गाँउ रित्तिएकाले खानेपानी समस्याको समाधान गर्नुपर्नेे बताउनुभयो । सरकारले भ्रमण वर्ष २०२० मनाई राख्दा पर्यटन प्रर्वद्धनमा यस ठाँउले पनि टेवा पु¥याउने उहाँको विश्वास थियो ।

व्यास ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले पूर्व राष्ट्रपति यादवलाई मानहँुडाँडाको अवलोकन गराउदै उक्त ठाँउको ऐतिहासिक कुराहरुको जानकारी गराउनु भएको थियो । उहाँले पर्यटकीय रुपमा विकास भइरहेको उक्त ठाँउमा केन्द्रीय र प्रदेश सरकारले खासै चासो नदेखाएको गुनासो पनि गर्नु भएको थियो ।

LIVE TV