१५ माघ २०७६, बुधबार

कञ्चनपुर, १५ माघ । प्रविधीको विकाससँगै यसको जोखिमका पाटाहरु पनि त्यत्तिकै छन् । सानो असावधानीले पनि यसले बिनास निम्त्याउन सक्छ । यस्तै भएको छ कञ्चनपुरमा ।

कञ्चनपुरको बेदकोट नगरपालिका ६ मुसेपानीका ३५ वर्षीय घुम्मन डगौराको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

मंगलबार राति घरमै मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृतकको शव हाल परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

LIVE TV