१५ माघ २०७६, बुधबार
  • उत्तम पौडेल,

पोखरा, १५ माघ । गण्डकी प्रदेश सरकारले प्रदेश अन्तर्गतका सबै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण गर्ने भएको छ ।

स्थानीय तह अन्र्तगतका ८५ स्थानमा हेलिप्याड निर्माण गर्न लागेको प्रदेश सरकारले जनाएको छ ।

गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले प्रदेशका सबै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण गरिने जानकारी दिनुभयो ।

सबै स्थानीय तहमा एक एक वटा हेलिप्याड निर्माण गर्ने योजना सहित प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल थालेको पनि उहाँको भनाइ छ ।

स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपतकालीन उद्धार कार्य तथा पर्यटकको आवागमनलाई थप सहज बनाउने उद्धेश्यले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको मन्त्री लम्सालले बताउनुभयो । भ्रमण बर्षका चलिरहेको यो समयमा पर्यटकका लागि पनि ठूलो सहयोग हुनसक्ने उहाँको विश्वास छ ।

उहाँले उचित स्थानको पहिचान गरेर सबै स्थानीय तहमा हेलिप्याड निमार्ण गर्ने अभियानमा प्रदेश सरकार लागेको बताउनुभयो ।

मन्त्री लम्सालका अनुसार प्रदेश सरकारले म्याग्दी, गोर्खा, मनाङ र मुस्ताङमा हेलिप्याड निर्माण गर्न आर्थिक वर्ष २०७५÷७६ को बजेटमा करिब ८ लाख विनियोजन गरेको बताउनुभयो । यी चार जिल्लामा चालु आर्थिक वर्ष भित्रै हेलिप्याड निर्माण गर्न सकिने लम्सालको विश्वास छ ।

हेलिप्याड निर्माणपछि आकस्मिक बिरामी र दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पु¥याउन तथा पर्यटकीय क्षेत्रमा हेलिकप्टर मार्फत पर्यटकलाई सहज रूपमा आवतजावत गर्न सहयोग पुग्ने विश्वास प्रदेश सरकारको छ ।

चालू आर्थिक वर्षमा सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्न पर्याप्त बजेट विनियोजन नभए पनि स्थानीय तहहरूसंग छलफल गरी आगामी आर्थिक बर्षमा बजेट विनियोजन गरिने गण्डकी प्रदेशका पर्यटनमन्त्री लम्सालले जानकारी दिनुभयो ।

LIVE TV