१५ माघ २०७६, बुधबार

काठमाडौं, १५ माघ । विश्व प्रसिद्ध विद्वान विल स्मिथको एउटा चर्चित भनाइ छ । उनले भनेका छन्–‘सुरुवातको पहिलो पाइलामा तिमिले भन्नै पर्छ, हो म सक्छु ।’ यो भनाइलाई बानेशवर बस्ने २१ वर्षीय दर्शन के.सीले लागु गरेका छन् ।

बाल्यअवस्थामै मष्तिस्कको पक्षघातको कारण उनको शरीर स्थायी रुपले चल्दैन तर उनले आफनो साहित्यक महत्वकांक्षा नाकको माध्यमबाट पुरा गरेका छन् ।

यो दर्शन बस्ने कोठा हो, जहाँ बसेर उनले आफ्नो नाकले टाइप गरेर कविताहरु लेख्ने गर्छन । उनले २०७१ साल देखी कविता लेख्न सुरु गरे । उनले हालसम्म १ सय ४० वटा अंग्रेजी कविता लेखिसकेका छन । उनले लेखेको कविताले पराक्रम बालप्रतिभा पुरस्कार पनि जितेको छ । नेपालीमा कविता लेख्नु हुन्न भन्ने प्रशनको जवाफमा उनले नाकले टाइप गरेरै दिन्छन ।

मस्तिस्क पक्षघात केन्द्रको सहयोगमा ६ कक्षासम्म औपचारिक अध्ययन गरेका दर्शनले बाकिँ ज्ञान स्व–अध्ययन बाटै लिएका छन् । थप पढाउन प्रयास गरेपनि विद्यालयले भर्ना नलिएको दुखेसो दर्शनको बुवाको छ ।

दर्शन आफूले लेखेका कविता संग्रह प्रकाशन गर्न चाहन्छन तर आर्थिक अभावको कारण अहिलेसम्म उनको इच्छा पुरा हुननसकेको उनको बुवाको भनाइ छ ।

टाइपिङको काम गर्न सक्ने भएकाले दर्शनको काम गर्ने इच्छा छ । कोही सहयोगी मनकारी व्यक्ति भए दर्शनको साहित्यिक यात्राले पूर्णता पाउन सक्थ्यो ।

LIVE TV