१४ माघ २०७६, मंगलवार

एजेन्सी, १४ माघ । श्रीलंकाले चिनियाँ नागरिकको भिसामा रोक लगाएको छ। चीनमा फैलिएको कोरोना भाइरसका कारण श्रीलंकले चिनियाँ नागरिकको भिसा रोकेको जनाइएको छ।

चीनमा भाइरसबाट एक सय भन्दा बढीको ज्यान गइसको छ , भने भाइरस संक्रमण भएका बिरामीको संख्या करिब ४ हजार २ सय पुगेको पुष्टि गरिएको छ । कोरोना भाइरस नियन्त्रण प्रयास जारी रहेका समय नयाँ वर्षका अवसरमा दिइने बिदालाई आगामी आइतवारसम्म विस्तार गरिएको छ ।

अहिलेसम्म ४ हजार २ सय जनामा संक्रमण भएको पुष्टि भएको छ भने पाँच हजार ७ सय ९४ बिरामीहरूलाई शंकाको आधारमा निगरानीमा राखी उपचार राखिएको छ । बिरामीमध्ये ४ सय ६१ जनाको स्वास्थ्य अवस्था गम्भीर भएको र ५१ जनालाई पूर्णरूपमा निको भएपछि अस्पतालबाट घर पठाइएको छ ।

कोरोना भाइरस विश्वभर फैलिरहेको छ । चीनबाहेक अन्य मुलुकका ४४ जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । पछिल्लो रिपोर्ट अनुसार थाइल्याण्डमा आठ, अमेरिका पाँच, अस्ट्रेलियामा पाँच र सिंगापुर, ताइवान, मलेसिया, दक्षिण कोरियामा चार–चार जना संक्रमित भेटिएका छन् ।

त्यस्तै, फ्रान्स र जापानमा तीनरतीन जना भियतनाममा दुई र नेपाल र क्यानाडामा एक–एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको विश्व स्वास्थ्य संगठन र सम्बन्धित मुलुकका अधिकारीले पुष्टि गरेका छन् । तर चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसकै सङ्क्रमणका कारण कसैको मृत्यु भने भएको छैन ।

LIVE TV