१४ माघ २०७६, मंगलवार

काठमाडौं, १४ माघ । समाजवादी पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जनप्रतिनिधिसभा लोकतन्त्रको सबैभन्दा शक्तिशाली र महत्वपूर्ण अंग भएको बताउनुभएको छ ।

अध्यक्ष डा.भट्टराईले मंगलबार प्रतिनिधिसभाको बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिदै यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामी सबै उद्दारबादी लोकतन्त्र तथा समाजबादी लोकतन्त्रमा विश्वास गगर्नेले प्रतिनिधसभालाई उच्च स्थानमा राख्दछौं । तर, व्यवहारमा इतिहासमै के हुन पुग्यो भने, राज्यका तीन अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायापालिकाका स्थानहरुमा क्रमशः उद्धारबादी लोकतन्त्रले पनि आफ्नो उद्दारता गुमाउदै गयो र समाजवादी लोकतन्त्रले पनि लोकतन्त्रका कतिपय गुणहरु छोड्दै गयो ।’

सोही कारण प्रतिनिधिसभा जनताको नीति निर्माणको उच्चतम गरिमा विश्वव्यापी रुपमा नै तल परेको बताउनुभयो । त्यस्तै यस विषयमा आफूहरु समेत उचाईमा पुग्न नसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मर्यादा क्रमकै हिसाबले हेर्ने हो भने, मेरो निजी विचारमा राज्यको प्रमुख राष्ट्रपति, उपराष्ट्रपति राज्यको उच्च स्थानमा हुनैपर्छ । त्यसपछिको मर्यादा क्रममा आउनुपर्ने जनप्रतिनिधिसभाको सभामुख हो । सबै नीतिहरुको लोकतान्त्रिक अभ्यासको उद्गम थलो प्रतिनिधिसभा हो । तर, दुर्भाग्यबस हाम्रो कार्यकारीणिलाई अरुको नक्कल गरेर होला, हामीले माथि राख्यौं ।’

यसै विषयलाई लिएर उहाँले थप्नुभयो, ‘तिनै कार्यकारीणि व्यवस्थापिकाबाट जन्माएपछि जन्माउने आमा ठूलो कि बच्चा ठूलो ? त्यति मात्रै होइन, अहिले जानेर÷नजानेर न्यायापालिका जसले व्यवस्थापिकाले बनाएको ऐन कानूनको व्याख्या गर्छ । त्यसका प्रमुख पनि व्यवस्थापिकाका प्रमुख भन्दा माथि राखियो । त्यसैले हामीले लोकतन्त्रको गरिमालाई अबमूल्यान गरिरहेका छौं ।’

यस विषयमा भर्खरै प्रतिनिधिसभाको सभामुखमा नवनिर्वाचित अग्निप्रसाद सापकोटाको कार्यत्रकालमा यी कुरामा पनि ध्यान जाओस् भन्ने धारणा पनि राख्नुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्र, विभिन्न विचारहरुको संघर्ष र एकत्वको अभिव्यक्ति हो । उद्दारबादी लोकतन्त्रले पनि विविधतामा एकता मान्दछ । अझ, समाजबादी लोकतन्त्र, माक्र्सबादी लोकतन्त्रले त समाजलाई, विश्वलाईनै समग्रमा एकत्व मान्दछ । सत्ता पक्ष र प्रतिपक्ष एउटै सिक्काका दुई पाटा हुन् । यी दुई वटा मिलेर मात्रै लोकतन्त्र बन्दछ ।’

उहाँले फेरि भन्नुभयो, ‘एकता, संघर्ष र रुपान्तरण विकासका नियम हुन् । नेपालको लोकतन्त्रको समस्या के रह्यो भने, हामीले २००७ साल, २०४६ साल हुँदै २०६२/६३ बाट अहिलेसम्म आइपुग्दा आन्दोलन, क्रान्ति र परिवर्तन त ग¥यौं । तर, कहिल्यै पनि त्यसलाई पूर्णतामा पु¥याउन सकेनौं ।’

त्यस्तै उहाँले फेरि भन्नुभयो, ‘त्यस्तै नेतृत्वमा आन्दोलनकारी र परिवर्तनकारी शक्ति पुगेन । प्रत्येक पटक परिवर्तनका विरोधी सत्तामा पुगे । जसको कारण अहिले हाम्रो लोकतन्त्र अधुरो र हामीले यस्तो पीडा भोगिरहेका छौं । त्यसैले सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर मात्र लोकतन्त्र पूर्णता हुन्छ ।

LIVE TV