१४ माघ २०७६, मंगलवार

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक सय ६ पुगेको छ ।

हुबेईमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या सोमबार साँझसम्म १०६ पुगेको हो । भाइरस संक्रमण भएका बिरामीको संख्या करिब ४ हजार २ सय पुगेको पुष्टि गरिएको छ ।

कोरोना भाइरस नियन्त्रण प्रयास जारी रहेका समय नयाँ वर्षका अवसरमा दिइने बिदालाई आगामी आइतवारसम्म विस्तार गरिएको छ । अहिलेसम्म ४ हजार २ सय जनामा संक्रमण भएको पुष्टि भएको छ भने पाँच हजार ७ सय ९४ बिरामीहरूलाई शंकाको आधारमा निगरानीमा राखी उपचार राखिएको छ ।

बिरामीमध्ये ४ सय ६१ जनाको स्वास्थ्य अवस्था गम्भीर भएको र ५१ जनालाई पूर्णरूपमा निको भएपछि अस्पतालबाट घर पठाइएको छ ।

चीनबाहेक अन्य मुलुकका ४४ जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । पछिल्लो रिपोर्ट अनुसार थाइल्याण्डमा आठ, अमेरिका पाँच, अस्ट्रेलियामा पाँच र सिंगापुर, ताइवान, मलेसिया, दक्षिण कोरियामा चार–चार जना संक्रमित भेटिएका छन् ।

त्यस्तै, फ्रान्स र जापानमा तीनरतीन जना भियतनाममा दुई र नेपाल र क्यानाडामा एक–एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको विश्व स्वास्थ्य संगठन र सम्बन्धित मुलुकका अधिकारीले पुष्टि गरेका छन् । तर चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसकै सङ्क्रमणका कारण कसैको मृत्यु भने भएको छैन ।

LIVE TV