१४ माघ २०७६, मंगलवार

काठमाडाैँ, १४ माघ । भारतको पश्चिम बंगाल सरकारले नेपाल–भारत प्रवेशद्वारमा कडाई गरेको छ ।

नेपालमा कोरोना भाइरसका बिरामी देखिएपछि पश्चिम बंगाल सरकारको स्वास्थ्य निर्देशनालयले प्रवेशद्वारमा कडाइ गरेको हो । निर्देशनालयले पानीटंकी, मिरिक र पशुपतिनगर सिमानामा चौबिसै घण्टा प्यारा-मेडिकल टोली राखेर स्वास्थ्य परीक्षण गर्नका लागि दार्जिलिङका प्रमुख स्वास्थ्य अधिकृतलाई पत्र समेत लेखेको छ ।

पत्रमा पश्चिम बंगाल सरकारले सीमा-नाकाबाट भारततर्फ जाने सबै व्यक्तिले आफूलाई ज्वरो आए/नआएको र एक महिनाअघि चीन गए/नगएको स्वघोषणा गर्नुपर्ने र याे नियम कडाइसाथ लागू गर्न निर्देशन दिइएको छ ।

यदि कुनै पनि व्यक्तिलाई ज्वरो आएमा वा कोही एक महिनाअघि चीनबाट फर्किएको भए स्वास्थ्य परीक्षण गर्नका लागि पनि निर्देशन दिइएको छ ।

यही जनवरी २५ मा स्वास्थ्य सेवा निर्देशकले लेखेको पत्रमा सीमा नाकामा सबैले देखिने गरी कोरोना भाइरसको सम्बन्धमा साइनबोर्ड राख्न पनि निर्देशन दिइएको छ ।

LIVE TV