१४ माघ २०७६, मंगलवार

काठमाडाैँ, १४ माघ । सेतो पहिरनमा तीन पुस्ते परिवारका सदस्य बसेका छन् । जसमा १६ वर्षीया नातिनीदेखि ६८ वर्षीय हजुरबुवासमेत छन् ।

धनकुटाको पाख्रीबास नगरपालिका २ सान्नेमा बाबुको निधन भएपछि १६ वर्षीया छोरी विद्यता काजकिरियामा रहेकी छिन्। आमा गंगा र हजुरबुबा शान्तबहादुरको साथ कोरामा उनी बसेकी छिन्। वार्षिकीको लागि पोखराबाट घर फर्कंदै गर्दा सप्तरीको बरमझियामा शनिबार सवारी दुर्घटनामा ४८ वर्षीय ज्ञानबहादुर कुँवरको निधन भएको थियो।

आइतबार आमाको वार्षिकीको लागि तयारीमा रहेका परिवारजनले छोराकोसमेत ज्यान गएको खबर सुनेर विछिप्त बने। उनी पोखराबाट मोटरसाइकलमा घर फर्कंदै गर्दा टिपरको ठक्करबाट घटनास्थलमा नै निधन भएको पारिवारिक स्रोतले जनायो।

अकल्पनिय खबरले मर्माहत बनेको मृतकका बाबु (विद्यताका हजुरबुबा) शान्तबहादुरले आँसु झार्दै बताए। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

LIVE TV