१४ माघ २०७६, मंगलवार

एजेन्सी, १४ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उनका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले ट्रम्प विरुद्धमा बयान दिएका छन् ।

माथिल्लो सदन सिनेटमा महाभियोग चलिरहेको अवस्थामा बोल्टनले ट्रम्प विरुद्ध बयान दिएका हुन् । आफ्नो प्रकाशित हुन बाँकी रहेको किताबमा बोल्टनले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग जारी राख्नका लागि विपक्षी नेतामाथि अनुसन्धान अघि बढाउनुपर्ने दबाव ट्रम्पले दिएको उल्लेख छ ।

यो साता सिनेटमा विपक्षीले महाभियोगको प्रमाण पेश गर्ने र सुनुवाइ सकिने अपेक्षा छ । ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको र सदनको कामकारबाहीमा अवरोध खडा गरेको दुई बुँदे महाभियोग लगाइएको छ ।

बोल्टनले आफ्नो किताबमा गत अगष्टमा ट्रम्पले आफूलाई युक्रेनलाई दिँदै आइएको सैन्य सहयोग विपक्षी नेता जो बाइडनमाथिको अनुसन्धान अघि नबढेसम्म रोकिने बताएको उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालयले बोल्टनको यो किताबमा उल्लेख भएका कुराको लागि पुनरवलोकन गर्न सक्छ र यो किताब प्रकाशित हुनमा ढिला गर्ने वा रोक्ने सम्भावना बढ्दै गएको छ ।

LIVE TV