१४ माघ २०७६, मंगलवार

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री एवम् काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले नेपाललाई आन्दोलकारी प्राध्यापक नचाहिएको बताएका छन् ।

काठमाडौं विश्वविद्यालय सभाको विशेष बैठकलाई सोमवार सम्बोधन गर्दै उनले भने, ‘विद्यार्थीलार्य आन्दोलन गर्ने प्राध्यापक होइन प्राध्यापन गर्ने प्राध्यापक चाहिएको छ ।’

काठमाडौं विश्वविद्यालयका प्राध्यापक र कर्मचारीको आन्दोलनले लामो समयदेखि विश्वविद्यालयमा पठनपाठन ठप्प छ भने परीक्षासमेत अवरुद्ध बनेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

LIVE TV