गायिका आस्था राउत ब्लु क्रस अस्पतालको ४२३ नम्बर बेडमा



प्रकाशित मिति : Jan 27, 2020

काठमाडौ, १३ माघ । गायिका आस्था राउतलाई अस्पतालमा लगिएको छ । बिरामी भएको भन्दै प्रहरीले त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल पु¥याइएको हो ।

अस्पताल प्रशासनका अनुसार राउतलाई अस्पतालको चौथो तल्लाको ४२३ बेड नम्बरमा राखेर उपचार भैरहेको छ । उनको के सम्बन्धी उपचार भइरहेको हो त्यो भने खुलाएको छैन । राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यसपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौले ४ दिन थुनामा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

सोमबार साँझ ८ बजेसम्म काठमाडौ परिसरमा रहेकी राउतले आफू हिरासतमा नबस्ने भनेपछि अस्पताल लगिएको स्रोतले बताएको छ । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि छ । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरेकी थिइन् ।

माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् ।

राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको प्रहरीलाई सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com