भाेलि देशैभर हिउँदे वर्षा हुने सम्भावना



प्रकाशित मिति : Jan 27, 2020

काठमाडौं, १३ माघ । देशैभर हिउँदे वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावले फेरि देशैभरीको मौसम प्रभावित बन्ने भएको हाे ।

भू–मध्य सागरबाट सोमबार अपरान्ह्र भित्रिएको जलवाष्पयुक्त वायुको कारण भोलि पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मुलुकको उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुनेछ । आज साँझदेखि नै सुदुरपश्चिमका उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भइसकेको बताइएको छ


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com