१३ माघ २०७६, सोमबार

एजेन्सी । मानिसहरु पूण्य कमाउनका लागि दान गर्दछन् । तर, के कसैले पुण्य कमाउनकै लागि ३५ किलो सुन दान गर्न सक्छ ? हो, भारतमा एक भक्तजनले मन्दिरका लागि ३५ किलो सुन दान गरेका छन् ।

दिल्लीका ती श्रद्धालुले हालै मुम्बईको सिद्धिविनायक मन्दिरलाई ३५ किलो सुन दान गरेका हुन् । मन्दिरको २ सय १९ वर्षको इतिहासमा एकै व्यक्तिले यतिधेरै परिमाणमा धन दान गरेको यो पहिलो पटक हो । मन्दिर व्यवस्थापन अधिकारीहरुका अनुसार सिद्धिविनायक मन्दिरमा १५ देखि १९ जनवरीसम्म मर्मत तथा सिन्दुर लेपनको काम गरिएको छ ।

उक्त मन्दिरको ट्रस्टका अध्यक्ष आदेश बांदेकरले जनाए अनुसार दानमा प्राप्त भएको ३५ किलो सुनलाई मन्दिरको ढोका, छाना, गजुरलगायतमा प्रयोग गरिएको छ । मन्दिर व्यवस्थापन समितिले ३५ किलो सुन दान गर्ने व्यक्तिको परिचय भने खुलाएको छैन ।

LIVE TV