१३ माघ २०७६, सोमबार
  • बालबिक्रम कार्की

रौतहट , १३ माघ । रौतहट जिल्ला फुटबल संघको आयोजनामा रौतहटको चन्द्रपुर नगरपालिकामा जारी चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता २०७६ अन्तर्गत सोमबार भएको चौथो दिनको खेलमा बर्दियाको बाँसगढी नगरपालिका र स्याङ्जाको वालिङ्ग नगरपालिका विजयी भएका छन् ।

चन्द्रपुर नगरपालिका ६ स्थित शेरबहादुर दर्लामी स्मृति हातेमालो खेल मैदानमा भएकोे पहिलो खेलमा बर्दियाको बाँसगढी नगरपालिकाले सुर्खेतको बीरेन्द्रनगर नगरपालिकालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । बाँसगढीकी जर्सी नम्बर ११ कि अजिता घर्ती मगरको खेलको २१ औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

अग्रता लिएको ४ मिनेट बित्न नपाउँदै बीरेन्द्रनगरकी जर्सी नम्बर ९ की करिष्मा रोकायाले गोल गर्दै आफ्नो टिमलाई बराबरीमा ल्याएकी थिइन् । तर बराबरी गोल गरेको २ मिनेट पछिनै बीरेन्द्रनगरले गोल खान पुगेको थियो । खेलको २७ औँ मिनेटमा बाँसगढीकी जर्सी नम्बर ५ कि सुष्मिता चौधरीले आकर्षक गोल गर्दै आफ्नो टिमलाई २–१ को अग्रता दिलाएकी थिइन् ।

खेलको दोस्रो हाफमा बाँसगढी बीरेन्द्रनगर विरुद्ध आक्रमक ढंगले प्रस्तुत भएको थियो । बाँसगढीले एकपछि अर्को बीरेन्द्रनगरको पोष्टमा निरन्तर दवाव दिएको थियो । बाँसगढीकी जर्सी नम्बर ६ कि अन्जली खवासले दोस्रो हाफको ४१ औ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई सहज जित दिलाइन् ।

गोलरक्षकसंग ‘वान भर्सेव वान’को अवस्था गोल किपरलाई छक्याउँदै खवासले गोल गरेकी थिइन् । जितसँगै लिगमा बाँसगढीको २ खेलमा एक बराबर र एक जित सहित ४ अंक बटुलेको छ भने दुबै खेल हारेको बीरेन्द्रनगरको कुनै पनि अंक छैन् । खेलको ‘वुमन अफ दि म्याच’ बाँसगढीकी सुष्मिता चौधरी घोषित भइन् ।

सोमबारै भएको दोस्रो दिनको खेलमा प्रतियोगिताको दावेदार मानिएको मोरङ्गको विराटनगर महानगरपालिका स्याङ्जाको वालिङ्ग नगरपालिकासँग २–० गोल अन्तरले पराजित हुन पुगेको छ । दुबै टिमले बराबरी स्तरको खेल प्रदर्शन गरेपनि गोल भने वालिङ्गले गर्न सफल भएको थियो । खेलको ३९ औँ मिनेटमा वालिङ्गकी जर्सी नम्बर ९ कि अमिषा कार्कीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा दुबै टिमले गोल गर्ने केही सुनौलो अवसरहरु गुमाउन पुगेका थिए । खेलको दोस्रो हाफमा वालिङ्गले निकै सुदृढ खेल प्रदर्शन गर्दै विराटनगरलाई निरन्तर दवावमा राखेको थियो । दोस्रो हाफको २५ औँ मिनेटमा वालिङ्गकीजर्सी नम्बर १० किउदयथापाले थप एक गोल गर्दै आफ्नो टिमको जितलाई सुनिश्चित गरेकी थिइन् । दुई गोलले पछि परेको विराटनगरले खेलको अन्त्यतिर गोल फर्काउन निकै प्रयास गरेको थियो ।

उनीहरुले वालिङ्गको गोलपोष्टमा एकपछि अर्को राम्रा आक्रमणहरु गरेका थिए । तर पहिलो रोजाइको गोलकिपर सावित्रीकिसनको स्थानमा मैदानमा छिरेकी गोलकिपर लिला जोशीले आकर्षक बचाउ गर्दै उनीहरुको प्रयास विफल पारिदिएकी थिइन् । खेलको ‘वुमन अफ दि म्याच’वालिङ्गकी अमिषा कार्की भइन् । लिगको पहिलो खेल बाँसगढीसँग बराबर खेलेको वालिङ्गको यो जितपछि ४ अंक भएको छ भने पहिलो खेलमा बीरेन्द्रनगरलाई पराजित गरेको विराटनगरको ३ अंक रहेको छ ।

मंगलबारको पहिलो खेल चौदण्डीगढी नगरपालिका उदयपुर र विदुर नगरपालिका नुवाकोट तथा दोस्रो खेल आयोजक चन्द्रपुर नगरपालिका रौतहट र बाह्रविसे नगरपालिका सिन्धुपाल्चोकबीच हुने आयोजकले जनाएको छ ।

LIVE TV