१३ माघ २०७६, सोमबार
  • ज्योति कुमार पन्थी

गुलरिया १२ माघ । आगामी माघ २८ गतेदेखि बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा हुने अन्तर विद्यालयस्तरीय १३ औँ राष्ट्रपतिकप रनिङ्गशिल्ड तथा दोश्रो मेयरकप प्रतियोगितामा गुलरिया नगरपालिका क्षेत्रमा सञ्चालनरत बैँकहरुले समेत सहयोग गर्ने भएका छन् ।

गुलरिया नगरपालिकाले आज नगरपालिका कार्यालयमा आयोजना गरेको भेटघाट कार्यक्रममा प्रतियोगितामा बैकहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । गुलरियामा आयोजना गरिएको छलफल कार्यक्रममा नगरपालिकाले सञ्चालन गर्न लागेको खेलकुद प्रतियोगितामा सक्रिय सहभागिता रहने राष्ट्रिय बाणिज्य बैँक गुलरिया शाखाका शाखा प्रबन्धक हिमलाल खनालले बताउनुभयो ।

छलफल कार्यक्रममा नगरपालिकाले गुलरियामा सञ्चालनरत रहेका बैँकहरुलाई समेत समेट्न खोज्नुले नगरपालिकापनि बैँकको साथमा रहेको बुझिएको बताउनुभयो । छलफलमा ग्लोबल आईएमई बैँक गुलरिया शाखा प्रमुख राजेश सिंहले छलफल सकारात्मक रहेको र आगामी दिनमा पनि नगरपालिका बैकसंग मिलेर अगाडी बढनु पर्ने बिचार ब्यक्त गर्नु भयो ।

कार्यक्रममा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बैँकका कर्मचारीहरुलाई खेलकुद समयभर खेलको मनोरञ्जन लिन र खेल प्रतियोगितामा बैँकको बिज्ञापन सहित खेलकुदलाई स्पोन्सर गर्न बैँकहरुलाई आव्हान समेत गर्नु भयो ।

LIVE TV