प्रदेश क्याबिनेट बैठकबाट हिउदे अधिवेशन सिफारिश



प्रकाशित मिति : Jan 27, 2020
  • तारा आचार्य

विराटनगर, १३ माघ । प्रदेश सभाको पाँचौ तथा हिउदे अधिवेशन माघ २३ गते बिहिवार दिउँसो ३ बजेका लागि आव्हान गर्न प्रदेश सरकारले सिफारिश गरेको छ ।

सोमवार बसेको मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुखलाई हिउँदे अधिवेशन आव्हानका लागि सिफारिश गरेको हो । प्रदेश सभाको अधिवेशन सभामुखको परामर्शमा प्रदेश सरकारले गरेको सिफारिशका आधारमा प्रदेश प्रमुखले बोलाउने संवैधानिक व्यवस्था रहेको छ ।

यसैगरी मन्त्रीपरिषद बैठकले प्रादेशिक औद्योगिक व्यवसाय विधेयक, प्रदेश वन विधेयक लगायत ५ वटा विधेयकहरु प्रदेश सभामा लैजान स्वीकृति दिएको आर्थिक मामिला तथा योजना मंत्री इन्द्र आङ्बोले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद बैठकले सार्वजनिक निजी सहकारी साझेदारी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा डा. सरोज कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसैगरी मुख्यमंत्रीको आर्थिक सल्लाहकारमा डा. महेन्द्र बहादुर गुरुङ, जनसम्पर्क सल्लाहकारमा राम कुमार बस्नेत, सूचना प्रविधि सल्लाहकारमा किशोर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com