प्रदेश नं. १ मा अपाङ्गता रोकथाम तथा पूनःस्थापना कार्यक्रम सुरु



प्रकाशित मिति : Jan 27, 2020
  • तारा आचार्य

विराटनगर, १३ माघ । प्रदेश नं. १ मा अपाङ्गता रोकथाम तथा पूनः स्थापना कार्यक्रम सुरु गरिएको छ । मुख्यमन्त्री शेरधन राईका अनुसार प्रदेशलाई अपाङ्गता मैत्री प्रदेश बनाउने उद्देश्यले अपाङ्गता रोकथाम तथा पूनः स्थापना कार्यक्रम शुरु गरिएको र सबैको सहभागितामा कार्यक्रम सफल पार्न सो कार्यक्रम सुरु गरिएको हो ।

सोमवार विराटनगरमा अपाङ्गता रोकथाम तथा पूनः स्थापना कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमंत्री राईले अब देखि प्रदेशमा निर्माण गरिने सबै संरचनाहरु अपांग मैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेश नं. १ सरकारले प्रदेशलाई अपांग मैत्री प्रदेश बनाउने उद्देश्यले अपांगता रोकथाम तथा पूनः स्थापना कार्यक्रम शुरु गरेको हो । प्रदेश सरकार, स्थानीय सरकार र करुणा फाउण्डेशन नेपालको करिब १ अरब ८६ करोड ६ लाख रुपैयाको लागतमा तीन वर्ष सम्म सो कार्यक्रम प्रदेशका १ सय ३७ वटै स्थानीय तहमा संचालन गरिने बताइएको छ ।

यस कार्यक्रम अन्तर्गत अपांगता हुनै नदिन गर्भवती महिलालाई फोलिक एसिड खुवाउने, पोषणयुक्त आहारा उपलब्ध गराउने देखि समुदायमा आधारित पुनस्र्थापना केन्द्र स्थापना गर्ने योजना रहेको छ ।

पहिलो चरणमा प्रदेश नं. १ का २७ वटा स्थानीय तहबाट शुरुवात गरिने यो कार्यक्रमका लागि करुणा फाउण्डेशन नेपालले करिब ६२ करोड ४४ लाख रुपैया सहयोग गर्ने भएको छ । सो कार्यक्रममा १६ जना अपांग बालबालिकाहरुलाई ह्विल चेयर वितरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com