१३ माघ २०७६, सोमबार

काठमाडौं, माघ १३ । प्रतिनिधी सभाको सभामुखमा नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा न्यायाधीश सपना मल्ल प्रधानलाई सुनुवाई गर्ने जिम्मा दिइएको छ ।

गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट न्यायाधीश मल्ल प्रधानको एकल इजलासमा परेको हो । सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको भन्दै गत शुक्रवार अधिवक्ता दिनेश त्रिपाठीले अन्तरिम आदेशको माध्यमबाट सापकोटालाई सभामुखमा निर्वाचित नगराउन र गिरफ्तार गर्न भन्दै रिट दायर गर्नुभएको थियो ।

यसअघि सापकोटाविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा पेशी तोकिएकोमा उक्त मुद्दा फुँयालले हेर्न नमिल्ने भन्दै स्थगित गरिएको थियो ।

सभामुख पदमा आइतबार निर्विरोध निर्वाचित हुनुभएका सापकोटाले सोमवार पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

LIVE TV