१३ माघ २०७६, सोमबार
  • सुवास लामिछाने

पर्वत, १३ माघ । पर्वतको कुश्मास्थित बडागाउँ खेलमैदानमा छैटौं पर्वत महोत्सव जारी छ । महोत्सवमा सोमबारसम्म १ करोड बढीको कारोबार भएको छ । महोत्सपको पाँचौ दिनसम्म आईपुग्दा १ करोड बढीको कारोबार भएको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक केदारनाथ शर्माले जानकारी दिनुभयो ।

गत बिहीबार सुरु महोत्सवको हालसम्म १ लाख दर्शकले अवलोकन गरेको प्रचारप्रसार संयोजक ठाकुर बि पौडेलले जानकारी दिनुभयो । गत शनिबार मात्र ३० हजार दर्शकले मेला अवलोकन गरेको पौडेलले बताउनुभयो । मेलामा दर्शकको सहभागीता उत्साहजनक रुपमा बढेको भन्दै महोत्सव सब्य र भब्य रुपमा सम्पन्न हुनेमा उद्योग बाणिज्य संघ पर्वत आशाबादी बनेको उहाँको भनाइ छ ।

महोत्सवमा सोमबार पालिका स्तरीय भलिबल प्रतियोगिता भएको छ भने दिउँसो दर्शकलाई मनोरञ्जन प्रदान गर्नका लागि पछिल्लो समय चर्चाको शिखर कमाउन सफल बाल कलाकार कमला घिमिरे, मेलिना राइसहित रितु थापा, बसन्त लम्साल, कमलादेवी शर्मा, लक्ष्मी गौतम लगायतका कलाकारको प्रस्तुति रहेको आयोजकले जनाएको छ ।

यसैबीच जारी पर्वत महोत्सवमा घरायसी सामान किन्नेहरुको पनि भीड लागेको छ । पर्वत उद्योग वाणिज्य संघले महोत्सवमा गण्डकी प्रदेशका लघुउद्यमीलाई जोड दिइएको कारण पनि ती स्टलहरुमा घरायसी सामान किन्नेहरुको निकै भीड लागेको महोत्सवका स्टल संयोजक सुनिल भुषालले जानकारी दिनुभयो । महोत्सवमा लघुउद्यमीहरुको लागि ३० वटा स्टल निशुल्क उपलब्ध गराइएको उहाँले बताउनुभयो । लघुउद्यमीहरुको स्टलबाट पर्वतमै उत्पादन गरिएका अल्लोका कपडा, जुत्ता, सिताके च्याउ र सुन्तला सबै भन्दा बढी मात्रामा बिक्री भइरहेको संयोजक भुषालले जानकारी दिनुभयो ।

त्यसैगरी महोत्सवमा नयाँ आकर्षणको रुपमा घोडा पनि भित्र्याइएको छ । महोत्सवमा आउने दर्शकहरुले घोडा चढेर सेल्फीको मज्जा लिइरहेका छन् । त्यस्तै महोत्सवमा आउने दर्शकहरुलाई कुश्माबजार, अग्ला र लामा झोलुङे पुल, बन्जि जम्प र यान्त्रिक पुलसम्म पनि घोडा चढेर अवलोकन गर्न जाने सुविधा दिइएको समेत आयोजकले मिलाएको हो ।

त्यस्तै महोत्सवमा ‘आई लभ पर्वत’ नामक काठको तस्बीर अंकित ठाउँमा फोटो खिच्नेहरुको पनि भिड बढ्दै गइरहेको छ । महोत्सव अबलोकनको लागि आएका सम्पूर्ण दर्शकहरुको अहिले उक्तm स्थान रोजाइमा पर्न थालेको हो । महोत्सवमा ५ लाख दर्शक भित्राउने आयोजकले लक्ष्य राखेको छ । त्यस्तै महोत्सवमा छेलो फाल्ने प्रतियोगिता, दौड प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, लोकनृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु पनि सञ्चालन भइृरहेका छन् ।

महोत्सवको मुख्य प्रायोजक प्रभु बैंक रहेको छ भने नेपाल पर्टन बोर्ड प्रर्बद्धक रहेको छ । महोत्सवमा २ सय भन्दा बढी स्टल रहेका छन् । भने आज सोमबार मात्र पोखराबाट केही ब्यवसायिक स्टलहरु पनि थप भएको प्रचार प्रसार संयोजक ठाकुर बि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सबमा राखिएको नयाँ सवारी साधन बाईक तथा कारहरुको पनि कारोबार भईरहेको छ । जसमा हिजो मात्रै र्दुईवटा मोटर साईकलको चाबि हस्तान्त्रण भएको हो ।

जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र लघुउद्यमको विकासको लागि महोत्सव सफल हुने आयोजकको ठम्माइ रहेको छ ।

LIVE TV