१३ माघ २०७६, सोमबार

काठमाडौं, १३ माघ । सभामुख अग्नि प्रसाद सापकोटालाई बधाईदिन नेपालका लागि चिनियाँ राजदुत सिंहदरबार पुग्नुभएको छ ।

सापकोटाले सभामुखको पदभार ग्रहण गरेसंगै नेपालका लागि चिनियाँ राजदूत होउ यान्की बधाई तथा शुभकामना दिन सिंहदरबार पुग्नुभएको हो ।

सभामुख भएसँगै सापकोटासँग भेट गर्ने उहाँ पहिलो विदेशी राजदूत हो । भेटका क्रममा सभामुख सापकोटालाई राजदूत यान्कीले बधाई दिनुभएको छ ।

आइतवार ९हिजो० संसदबाट निर्विरोध निर्वाचित भएका सापकोटाले आज ९सोमवार० पद तथा गोपनियताको शपथ ग्रहण गरी पद्‌भार सम्हाल्नुभएको थियो ।

LIVE TV