१३ माघ २०७६, सोमबार

काठमाडौं, १३ माघ । ११औँ लिटिल च्याम्पिएन इन्टरनेशनल २०२० सम्पन्न भएको छ । स साना बालबालिकाहरूको क्याटवाकले हलका दर्शकहरूलाई मन्त्रमुग्ध पार्दै सो च्याम्पिएन सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा मिनि, जुनियर र सिनियर क्याटागोरीमा क्रमश प्रिन्सा बाटी,सुप्रिया नगरकोटी र रिकेश खत्री उत्कृष्ट छानिएका थिए । मोनिङ ग्लोलरीका प्रबन्ध निर्देशक मोहना मोथे खनालका अनुसार बिजेता भाई बहिनीले ईजिप्टमा हुने कन्टेस्टमा सहभागिता जनाउने छन ।

२०१९ मा ईजिप्टमा भएको मिनि मोडल प्रतियोगितामा नेपालकी ५ बर्षिय प्रिन्सा खडका उत्कृष्ट भएकी थिइन । खनालका अनुसार नेपाली बालबालिकाहरूले आफ्नो प्रतिभालाई स्वदेशमा मात्र नभई अन्तराष्ट्यि स्तर सम्म पुर्याउन सक्ने थलोको रूपमा लिटिल च्याम्पियनलाई लिन सकिन्छ ।

LIVE TV