१३ माघ २०७६, सोमबार

कतार, १३ माघ । गुल्मी सेवा समाज कतारले गुल्मेली मिलन तथा आठौं वनभोज कार्यक्रम गर्ने भएको छ । कार्यक्रम मंगलबार (२८ फेब्रुअरी) मा कतारको साहनिया स्थित अल दोसरी जु पार्कमा आयोजना हुनेछ ।

कर्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिहरु रहने भएको छ । समाजले उक्त कार्यक्रमका लागि नेपालबाट राष्ट्रिय कलाकाहरु ल्याउने तयारी समेत गरिरहेको छ । कार्यक्रममा कतारमा रहेका गुल्मेली तथा अन्य कलाकारहरुको विविध साँस्कृतिक प्रस्तुतिहरु रहने बताइएको छ ।

कतारमा रहेका नेपालीहरु एवम विशेष गरी गुल्मेलीहरुलाई उक्त कार्यक्रममा उपस्थित गराउने, कतारमा रहेका नेपालीहरु बिच भेटघाट, प्रदेशमा रहेपनि स्वदेशी परीकारहरुको खानपान साथै विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन दिने कार्यक्रमको लक्ष्य रहेको कार्यक्रमका संयोजक कुमार अविरल पन्थीले जानकारी दिए ।

रोजगारीका सिलसिलामा आफ्नो जन्मभूमि छोडेर कतारलाई कर्मभुमि बनाई श्रम गरिरहनु भएका गुल्मेलीहरुलाई गुल्मी सेवा समाजसँग आवद्ध हुन समाजका अध्यक्ष झविन्द्र आचार्यले आग्रह गरेका छन् । उक्त दिनमा यहाँ स्थित सम्पूर्ण संघ सस्थाहरुलाई कार्यक्रम नजुधाई दिन समेत अनुरोध गरे ।

गुल्मी सेवा समाज कतारले प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने एउटा छुट्टै किसिमको कार्यक्रमको आयोजना गरेको उल्लेख गरिएको छ । समाजले बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो । समाजले कार्यक्रम स्थलमा आवातजावत लागि ट्रान्सपोर्टको सुबिधा राखेको छ ।

LIVE TV