१३ माघ २०७६, सोमबार

काठमाडौँ, १३ माघ । राष्ट्रपति निवास अगाडीबाट प्रहरीले १२ मानव अधिकारवादीलाई नियन्त्रणमा लिएको छ । सभामुख अग्नि सापकोटाविरुद्ध धर्ना दिन पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुमाद्वन्द्वपीडित पूर्णीमाया लामा, एमनेष्टी इन्टरनेशनलका निराजन थपलिया, प्रसाई, द्वन्द्वपीडित साझा चौतारीका महासचिव जनक राउत छन् । पूर्णीमाया द्वन्द्वकालमा हत्या गरिएका अर्जुन लामाकी श्रीमती हुन् ।

लामालाई सभामुख सापकोटाले हत्या गरेका आरोप लागेको छ । सोसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । उनीहरु राष्ट्रपति कार्यालय अगाडि पुगेपछि निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण लिएकामा महामुनिश्वर आचार्य, एलिना गौतम, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण घिमिरे, जेसेलिना राणा, प्रशान्त त्रिपाठी र राजन कुइँकेल पनि थिए ।

LIVE TV