वडा-अध्यक्षसहित १६ जना जुवाकाे खालबाटै पक्राउ, २२ लाख ८२ हजार नगद बरामद



प्रकाशित मिति : Jan 27, 2020
  • दीपक नेपाल

कैलाली, १३ माघ । धनगढी उपमहानगरपालीका– ३, मिलनचोकबाट गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाहीसहितका १६ जना जुवाडे पक्राउ परेका छन् ।

जुवाकै खालबाट पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले २२ लाख ८२ हजार रुपैयाँ नगद पनि बरामद गरेको छ । विशेष सूचनाका आधारमा गएराति करिब १० बजे मिलन चोकका तिलक अधिकारीको घरमा छापा मारी प्रहरीले जुवाडेहरुलाइ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्ष (डिएसपी) दक्ष कुमार बस्नेतको कमाण्डमा खटिएको टोलीले सो क्षेत्रमा छापा मारी जुवाडेहरुलाइ पक्राउ गरेको हो ।

प्रहरीले ठुलो रकमसहित जुवातास भइरहेको भन्ने जानकारी पाएपछि घर घेरा हालेको थियो । प्रहरी आएको थाहा पाएपछि जुवाडेहरुको भागदौड मच्चिएको थियो । कतिपयले छतबाट समेत हाम फालेर भाग्न खोजे पनि प्रहरीको बलियो तयारीका कारण जुवाडे उम्किन सकेनन् ।

प्रहरीले राति १० देखि बिहान ३ बजेसम्मै सो क्षेत्रमा अप्रेशन जारी राखेको थियो ।

‘यो गिरोह लामो समय देखि ठुलो रकमसहित जुवातास खेलिरहेको छ भन्ने हामीलाइ सूचना थियो, त्यसै आधारमा पिछा गर्दै जाँदा प्रकाउ गर्न सफल भयाैँ,’ डिएसपी बस्नेतले भने

पक्राउ परेका जुवाडे निम्नअनुसार रहेका छन्-

१.जिल्ला कैलाली गोदावरी न.पा.१० बस्ने बर्ष २८ को रबिन्द्र शाही

२.जि.कन्चनपुर भि.न.पा. ३ बस्ने बर्ष ३४ को धिरेन्द्र चन्द

३.जिल्ला कन्चनपुर वेलौरी न.पा. १ बस्ने बर्ष ३४ को भुवन कुवर

४.जिल्ला कैलाली धनगढी उप महानगर पालिका ३ बस्ने बर्ष ३८ को तिलक अधिकारी

५.ऐ.ऐ.१३ बस्ने बर्ष ३४ को रमेश खड्का

६.ऐ.ऐ. ४ बस्ने बर्ष ३५ को खेम राज भट्ट

७.ऐ.ऐ.२ बस्ने बर्ष ४१ को जनक दौल्याल

८.ऐ. गोदावरी न.पा. १०बस्ने बर्ष २८ को सन्देष तामाङ्

९.ऐ. गोदावरी न.पा. ३ बस्ने बर्ष ३८ को मोहन खड्का

१०.जिल्ला बैतडी दशरथ चन्द न.पा. ८ बस्ने बर्ष ३१ को अमित गुरु

११.जिल्ला बझाङ जयपृथ्बी न.पा.१० बस्ने बर्ष ३५ को प्रेम बहादुर सिंह

१२. जिल्ला बैतडी दशरथ चन्द न.पा. ४ बस्ने बर्ष ३० को सुर्य भट्ट

१३.ऐ.पुर्चौडी न.पा.८ बस्ने बर्ष ५० को कालु सिंह धामी

१४. जिल्ला कैलाली धनगढी उप महानगर पालिका ३ बस्ने बर्ष ३७ को चन्द्र मणि अधिकारी

१५.जिल्ला दार्चुला नौगाड गा.पा. ४ बस्ने बर्ष ३३ को जय सिंह धामी

१६.ऐ.महाकाली न.पा. ४ बस्ने बर्ष ३८ को मंगल ठगुन्ना

स्राेत : जिल्ला प्रहरी कार्यालय, कैलाली

प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com