१३ माघ २०७६, सोमबार
  • नवीन कुलुङ

काठमाडाैँ, १३ माघ । कालिन्चाेकमा यतिखेर हिउँ खेल्न र सेताम्मे हिउँले भरिएका डाँडाकाडा एवं हिमालय श्रृंखलाकाे दर्शन गर्नेहरूकाे घुइँचाे लाग्ने गरेकाे छ । माघकाे पहिलाे साता र दाेस्राे साता हिमपात भएपछि कालिन्चाेक लगायत दाेलखाका उच्च भुभाग तथा डाँडा र थुम्काहरु सेताम्य देखिए ।

यसै क्रममा हाम्राे एक समूह पनि हिउँ खेल्न कालिन्चाेक पुग्याे । जताततै सेताम्ये चमचम रम्यता देखेर कताकता स्वगर्गै हाे कि जस्ताे लाग्याे । हामीजस्तै अनेक समूह बनाएर राजधानी काठमाडाैँदेखि हिउँ खेल्न र रमाउन मानिसहरू आएका थिए । आन्तरिक तथा बाह्य पर्यटककाे घुइँचाे देखिन्थ्याे ।

शनिबार हामी त्यहाँ पुग्दा माैसम त निकै खुलेकाे थियाे तर चिसाे रहेछ । घाम लागेपछि हिउँकाे साैन्दर्य झनै खुलेर चम्किलाे देखिएकाे थियाे ।

दाेलखा सदरमुका चरिकोट बजारबाट चार किलोमिटर माथिदेखि कुरी बजार र कालिञ्चोकसम्म नै हिउँ परेकाे रहेछ । हिउँले सडक यातायातमा भने केही कठिनाइ भएकाे देखियाे ।

LIVE TV