१३ माघ २०७६, सोमबार

काठमाडौँ, १२ माघ । साहित्यकार क्रान्ति पराजुलीद्वारा लिखित उपन्यास ‘डिलको डोब’ सार्वजनिक गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा एक समारोहबीच सो कृति पूर्व प्रधानमन्त्री तथा गीतकार झलनाथ खनालको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको हो ।

खनालसँगै साहित्यकार/प्राज्ञ माया ठकुरी, पत्रकार यसोदा तिम्सिना, समालोचक महेश पौड्याल र लेखक स्वयंले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

पूर्व प्रधानमन्त्री खनालले नेपाली साहित्यमा एउटा सशक्त उपन्यासका रुपमा डिलको डोब आएको बताउनुभयो । उहाँले यो उपन्यास बाल्यकालमा बलाकृत केटीको संघर्षको कथा रहेको र लेखकको राम्रो प्रस्तुति, सरल लेखन रहेको बताउँदै बालबालिका, युवायुवती, अभिभावकलगायत राजनीतिज्ञ, समाजसेवी सबैले पढ्नुपर्ने सुझाव दिनुभयो ।

प्राज्ञ माया ठकुरीले उपन्यास आप्mनी छोरी पुस्ताको भएको बताउँदै पढदै जाँदा आँसु बगेको टिप्पणी गर्नुभयो । उपन्यासको कथाल पटक पटक आँखा रसाएको उहाँको भनाइ थियो ।

सूचना आयोगका पूर्व आयुक्त तथा पत्रकार यसोदा तिमल्सेनाले एउटा नारीको वेदना प्रष्ट रुपमा आएको र प्रत्येक नारी तथा पुरुषले आप्mना साथीहरुलाई यो पुस्तक उपहार दिएर पढ्न प्रेरित गर्न आग्रह गर्नुभयो ।

यस्तै समालोचक महेश पौड्यालले संघर्ष र अध्ययनले मानिस यसरी सफलतातिर लम्किन्छ भन्ने प्रेरणा यस उपन्यासले दिएको बताउनुभयो ।

लेखक क्रान्ति पराजुलीले आफूले लेखनमा सक्दो इमानदार प्रयास गरेको बताउँदै अब पाठकको प्रतिक्रियाको आशमा रहेको धारणा राख्नुभयो । शिखा बुक्सले बजारमा ल्याएको पुस्तकको मूल्य रु.३७५ राखिएकाे छ ।

LIVE TV