१२ माघ २०७६, आईतवार
  • जनक बहादुर शाही,

हुम्ला, १२ माघ । हुम्लामा फैलिएको मौसमी रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रणका लागि औषधि र चिकित्सक पठाएको छ । कर्णाली प्रदेश सकार सामाजिक बिकास मन्त्रालयले आइतबार मौसमी रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रणका लागि औषधि र चिकित्सक पठाएको जनाएको हो ।

चंखेलीको मासिधाराका लागि औषधि, ल्याबका उपकरणसहित प्राविधिक टोली हिडिसकेका कर्णाली सरकार स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रीता भण्डारीले बताइन् ।

प्रभावित क्षेत्र भेलीसम्म सामाजिक बिकास मन्त्रालयलले पठाएको टोली पुग्ने निर्देशक डा.भण्डारीले बताइन् ।

अर्कोतर्फ सर्केगाड–३ उनापानीको स्वास्थ्य इकाईमा पनि औषधि अभाव छ । गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकिएको छ ।

गाउँमा बिरामीको संख्या बढ्दै गएको बताउँदै अनमी नन्दा फडेराले भनिन्, ‘गाउँमा सबै बिरामी भएर सुतेका छन् । बल्ल आज गाउँपालिकाबाट औषधिसहित उपचारका लागि स्वास्थ्यकर्मी पुगेका छन् ।’

आइतबार (आज) करीब ३ सय बिरामीलाई चेकजाँच गरिएको छ । जसमध्ये २ सय ५० जना मौसमी रुघाखोकीका बिरामी भेटिएका सर्केगाड गाउपालिका स्वास्थ्य शाखा उप–संयोजक बुढाले बताए ।

LIVE TV