१२ माघ २०७६, आईतवार

चितवन, माघ १२ । चितवनमा भएको रोटरी म्याराथन प्रतियोगितामा शसस्त्र प्रहरी बलका धावक गोपीचन्द्र पार्कीले जितेका छन् ।

रोटरी क्लब अफ रत्ननगरको आयोजनामा भएको प्रतियोगितामा ३ सय ५२ धावकले सहभागिता जनाएको रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विपिन पोख्रेलले बताए ।

१३ औ साग खेलमा स्वर्णपदक विजेता पार्कीले ३ सय ५१ जनालाई पछि पार्दै निधारित साढे १४ किलोमिटरको दुरी ४२ मिनेट ३५ सेकेण्डमा पार गरी उपाधि जितेका हुन ।लिगिलिगे दौडमा विजेता भएर लिगलिगे राजा बनेका अनिश थापा मगर भने ६ सेकेण्डले गर्दा दोस्रो भए ।

प्रतियोगितामा त्रिभुवन आर्मीका दिपक अधिकारीले ४४ मिनेट ११ सेकेण्डमा दौड पुरा गरेर तेस्रो भए । प्रतियोगितामा प्रथम हुने पार्कीलाई ५० हजार पुरस्कार सहित चाँदीको तक्मा र प्रमाणपत्र,द्धितीय हुने मगरलाई २५ हजार नगद सहित चाँदीको तक्मा र प्रमाणपत्र र तृतीय हुने अधिकारीलाई १५ हजार नगद पुरस्कार सहित चाँदीको तक्मा र प्रमाणपत्र प्रदान गरिएको रोटरी क्लवप अफ रत्ननगरका सचिव सुरेन्द्रनाथ रेग्मीले जानकारी दिए ।

प्रतियोगितामा पुरुष १४९ जना,महिला १२१,चेपाङ ७९ र विदेशी ३ जना गरी ३५३ जनाले सहभागिता जनाएको रोटरी क्लव अफ रत्ननगरका निर्वतमान अध्यक्ष जनक पौडेलले जानकारी दिए ।

रोटरी क्लब अफ रत्ननगरले भण्डारादेखि रत्ननगरको निपनीसम्म दौड आयोजना गरेको हो ।सरकारले सुरु गरेको भ्रमण बर्ष २०२० को प्रर्बधनको लागि गरिएको मिनी म्याराथन प्रतियोगिता गरिएको हो ।

रोटरीका डिष्ट्रिक गर्भनर किरणलाल श्रेष्ठ,रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेल र मिस नेपाल अर्थ रिया बस्नेतले सयुक्त रुपमा गरेका थिए ।

निपनी स्थित होटल स्टार ब्यन्क्युटमा आयोजित कार्यक्रममा रोटरी क्लवका डिष्ट्रिक गर्भनर किरणलाल श्रेष्ठ, रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेल र मिस नेपाल अर्थले सयुक्त रुपमा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

LIVE TV