१२ माघ २०७६, आईतवार

एजेन्सी, १२ माघ । राष्ट्रपति ट्रम्पका वकिलको समूहले डेमोक्रेट पार्टीले सन् २०१६को चुनावको परिणामलाई उल्टाउन खोजेको आरोप लगाएका छन् ।

ट्रम्पविरुद्धको महाभियोगको बचाउ गर्दै उनीहरुले राष्ट्रपतिबाट कुनै गलत काम नभएपनि डेमोक्रेटले परिणाम उल्टाउन महाभियोग लगाएको आरोप लगाएका हुन् । महाभियोगसँग जोडिएका साक्षी र सम्बन्धित अभिलेख सार्वजनिक नगरेर डेमोक्रेटको नियतमा खोट देखिएको समेत उनीहरुको भनाई छ ।

उता, सिनेटमा डेमोक्र्याट्सका नेता चक शुमरले पत्रकारसँग कुरा गर्दै ट्रम्पको प्रतिरक्षा टोलीले भने अनुसार साक्षी र विवाद उल्लेख गरिएको कागजात पेश गर्नुको औचित्य नरहेको प्रतिक्रिया दिएका छन् । उनले कागजात नै पेश गर्नुपर्ने भनि गरिएको दलिले थप यो महाभियोग प्रक्रियालाई बाध्यकारी बनाएको टिप्पणी गरेको छ्न् ।

राष्ट्रपतिले युक्रेनका राष्ट्रपतिलाई दबाबमा राखेको र शक्तिको दुरुपयोग गरेको आरोपमा महाभियोग लगाउने प्रक्रिया अघि बढाइएको थियो ।

LIVE TV