१२ माघ २०७६, आईतवार

काठमाडौं, १२ माघ । कतै सानोतिनो आगलागी भयो भने पनि तपाईं हामी के गर्छौं ? एउटै मात्र उपाय दमकल बोलाउने र कुर्ने । दमल समयमा नै आइपुग्यो भने पनि साँघुरा गल्लीमा दमकल पुग्नै समस्या । थोरै संख्यामा दमकल त्यो पनि दिउँसो ट्राफिक जामले सल्केको आगो निभाउन दमकल कुर्दाकुर्दै धेरै क्षति पुग्ने गर्थ्याे ।

अहिले दमकल पस्न नसक्ने साँघुर घना बस्ती क्षेत्रमा उपयोगी हुने प्रविधि स्थानीय स्तरमै जडान शुरु गरिएको छ । यस्तो प्रविधिको परीक्षण काठमाडौंको घनावस्ती मध्यको एक ओमबहालमा शुक्रबार गरिएको छ । यस्तो उपकरण उपत्यकाका भित्री शहरमा झन् प्रभावकारी भएको देखिएको छ ।
विगतमा दमकल जान नसक्ने सो क्षेत्रमा आगलागीहुँदा आगो निभाउन चाँजोपाँजो मिलाउँदै गर्दा धेरै घरपूर्ण रुपमा खरानी भइसक्थ्ये । तर अहिले जस्तोसुकै अप्ठ्यारो क्षेत्रमा पनि आगो निभाउन सकिने भएको छ ।

शुक्रबार ओमबहाल, यँगालमा एककिलोमिटर क्षेत्र भित्र विना दमकल आगोनियन्त्रण गर्न सकिने गरी पाइप बिच्छाउने तथा उपकरण जडान गरी त्यसको पूर्वअभ्यास गरियो । ३० हजार लिटर क्षमताको पानी ट्याङ्की सहित दमकलमा प्रयोग हुने पानी पम्प गर्ने उपकरण र डिजेल प्लान्टको सहायताले आगो नियन्त्रणगर्न सकिने प्रणालीको सफल परीक्षणभएको हो ।

यस्तो प्रणाली तयरा गर्न पानी ट्याङ्की, पानी पम्पगर्ने प्रविधि सहित करीब १५ लाखको रुपियाँ खर्च हुने बताइएको छ । यो खबर गोरखापत्र दैनिकले छापेको छ ।

LIVE TV