११ माघ २०७६, शनिबार

एजेन्सी, ११ माघ । सामान्यतया विद्यालयमा विज्ञान, गणित वा यस्तै भाषा पढाइन्छ । तर, ‘डेटिङ शास्त्र’ पनि पढाइन्छ भन्दा अचम्म लाग्न सक्छ । हो, चीनको बेइजिङमा ‘डेटिङ शास्त्र’ पढाइहुन्छ ।

आफ्ना प्रेमी प्रेमिकासँग डेटिङ जाँदा के गर्ने भन्ने बारेमा जान्ने÷सिक्ने चाहना धेरै किशोर किशोरी तथा युवा युवतीहरूलाई हुनसक्छ । नहोस् पनि किन ? आखिर प्रेम सम्बन्धलाई दिगो रुपमा अघि बढाउनका लागि प्रभावकारी डेटिङको अहम भूमिका हुन्छ । सायद त्यहीँ भएर होला छिमेकी मुलुक चीनमा डेटिङको विद्या सिकाउने विद्यालय नै खुलेको छ ।

विगतको एक सन्तान नीतिका कारण महिला भन्दा पुरुषको जनसंख्या धेरै भएकाले युवकहरूलाई प्रेमिका तथा जीवनसाथी फेला पार्नै मुस्किल हुने गरेको छ । अहिले चिनियाँ युवाहरूलाई डेटिङका लागि युवतीहरूलाई रिझाउन निकै सकस पर्न थालेको छ । त्यहीँ कारण कसरी प्रभावकारी डेटिङमार्फत प्रेम सम्बन्ध स्थापित गरी जीवनसाथी बनाउने भन्ने विषयमा शिक्षा दिनका लागि डेटिङ स्कुल तथा ट्युसन संस्थाहरू नै खुलेका छन् ।

बेइजिङमा लभ इनर्जी नामक डेटिङ स्कुल सञ्चालन गर्ने यी कुई उर्फ म्याजिक कार्डका अनुसार डेटिङ एउटा निपूर्ण नृत्य जस्तै हो । कहिले तपाइँले साथीलाई आफुतिर तान्नुपर्दछ र कहिले टाढा धकेल्नु पर्दछ । तर त्यस क्रममा साथीप्रति लगातार संवेदनशील हुनु पर्दछ । लभ कोचिङको क्रेज चीनमा लगातार बढिरहेको छ ।

LIVE TV