११ माघ २०७६, शनिबार
  • सुरेश श्रेष्ठ,

दाङ, ११ पुष । लामो समय जंगल वास विताएकी कुसुन्डा भाषाकी पूर्ण वक्ता एवं ज्ञाताकीरुपमा चिनिएकी ज्ञानी मैया कुसुन्डाको निधन भएको छ ।

उनी केही समयदेखि दम र उच्च रक्तचापको बिरामी थिइन् । उनको ८२ बर्षको उमेरमा शनिबार दाङको लमही नगरपालिका ६ कुलमोहरस्थित आफ्नै घरमा निधन भएको हो ।

लमहीका विभिन्न अस्पतालमा उपचार गराउदा समेतनिको नभएपछि उनलाई बाँकेको कोहलपुर मेडिकल कलेजमा भर्ना गरेर उपचार थालिएको थियो तर त्यहाँ पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।

फेरि उनलाई दाङको लमही फर्काइयो र लमहीकै एक अस्पतालमा उपचार थालिएको थियो । उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि उपचारमा सम्लग्न डाक्टरहरुले घर लैजान सल्लाह दिएका थिए । नेपालबाटै लोप हुन लागेको कुसुन्डा भाषाको संरक्षकको रुपमा ज्ञानी मैयालाई लिने गरिन्छ ।

नेपाल भाषा आयोग नेपालले केही महिना अघि दाङको लमहीमा चार महिने कुसुन्डा भाषाको तालिमको आयोजना गरेको थियो त्यति बेला उक्त तालिममा ज्ञानीमैयाले ती भाषाको तालिम लिने चालीस जना विद्यार्थीलाई समेत कुसुन्डा भाषाको बारेमा प्रशिक्षण दिएकी थिइन ।

लामो सम्य सम्म आफ्ना बुवा आमासंग जङलममा वास बिताएकी ज्ञानी मैयाले धेरैलाई कुसुन्डा भाषाको बारेमा शिक्षा दिएकी छिन । भाषाबिद उदय आलेका अनुशार ज्ञानीमैयाको निधनसंगै कुसुन्डा भाषा नै ओझेलमा पर्ने सम्भावना देखिएको छ ।

ज्ञानीमैयाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि भाषा आयोग नेपालका अध्यक्ष डाक्टर लबदेब अवस्थी सहितको टोली दाङ आउदै गरेको भाषाबिद आलेले जानकारी दिनुभयो ।

दाङमा कुसुन्डा भाषा सजिलैसङ्ग कुराकानी गर्न सक्ने ज्ञानीमैया कुसुन्डाको निधन भएसङ्गै अब उनकी बहिनी कमला सेन कुसुन्डा मात्र जीवित रहेकी छन ।

अरुले जान्दैनन दिदी हुँदा सम्म दोहोरो कुराकानी हुन्थ्यो दिदीको निधनपछि पछि अब को सङ्ग बोल्ने र जानेका कुरा पनि बिर्सदै जाने होकी भन्ने चिन्ता बढेको बहिनी कमला सेन कुसुन्डाको दुःखेसो छ ।

कुसुन्डा भाषाको संरक्षण गर्नका लागि नेपाल सरकारले कुसुन्डाहरु बसोबास गरेको जिल्लामा कक्षा समेत सन्चालन गरेको छ ।

दाङमा हाल सम्म ७५ जना कुसुन्डाहरु रहेका छन । कुसुन्डा भाषा बोल्न सक्ने देशैभर दुई जना मात्र थिए, ज्ञानीमैयाको निधन भएपछि अब एक जना उनकी बहिनी कमला मात्र रहेकी छन ।

LIVE TV