११ माघ २०७६, शनिबार

काठमाडौं, ११ माघ । शुक्रबारदेखि अभिनेता बरुण धवण र अभिनेत्री श्रद्धा कपुरको फिल्म ‘स्ट्रिट डान्सर थ्रीडी’ दर्शकमाझ रिलिजमा आइसकेको छ ।

फिल्मले पहिलो दिन ठीक–ठाक ओपनिङ गरेको बताइएको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले ओपनिङ–डे’को दिन डबल डिजिटको व्यापार गर्न सफल बनेको छ ।

फिल्मले शुक्रबार (ओपनिङ-डे)को दिन १०.२६ करोड भन्दा बढीको व्यापार गर्न सफल बनेको हो । फिल्मले यो भन्दा बढी कलेक्शन गर्नसक्थ्यो, किन भने युथ सेन्ट्रिक थियो ।

तर, सिंघम अभिनेता अजय देवगनको प्रदर्शनरत फिल्म ‘तानाजी : द अनसंग वारियर’ले केही मात्रामा असर गरेको छ । फिल्मले पहिलो दिन नै १०.२६ करोडको राम्रो कलेक्शन गर्न सफल बनेको छ, आगामी दिनहरुमा फिल्मको कलेक्शनमा बृद्धि हुने आँकलन गरिएको छ ।

उक्त फिल्म भारतभर ३,७०० वटा स्क्रिन्समा रिलिज गरिएको छ । यो डान्स बेस्ड फिल्म हो । फिल्ममा बरुण र श्रद्धा मुख्य भूमिकामा छन् । फिल्मलाई रेमो डिसुजाले निर्देशन गरेका हुन् ।

यो फिल्मले पहिलो दिन थोरैमा पनि १४–१५ करोड भन्दा बढीको व्यापार गर्ने सबैले आँकलन गरेका थिए । यो फिल्मको कहानी लण्डनमा बस्दै आएका पञ्जावी फ्यामिलीको एक डान्सर सहज (बरुण धवन) र पाकिस्तानी फ्यामिलीकी डान्सर इनायज (श्रद्धा कपुर)को हो ।

LIVE TV