११ माघ २०७६, शनिबार

काठमाडाैँ, ११ माघ । संवैधानिक परिषद नियुक्तिका विषयमा छलफल गर्न सत्तारुढ नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति र दुवै आयोगसँग सम्बन्धित विधेयक अगाडि बढाउने सहमतिपछि संसद संचालन बारे छलफल भइरहेको छ ।

यस्तै, पदाधिकारीविहीन बनेका संवैधानिक आयोगमा समेत नियुक्तिका सन्दर्भमा छलफल भइरहेको छ ।

साथै, बैठकमा कांग्रेसले उपसभामुख आफ्नो पार्टीले पाउनुपर्ने दाबीका विषयमा समेत सत्तारूढ नेकपालाई प्रस्ताव गर्ने बताइएको छ ।

LIVE TV