११ माघ २०७६, शनिबार
  • ज्योतिकुमार पन्थी

गुलरिया, ११ माघ । बर्दिया प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह बर्दियाका जिल्ला सदस्य बमबहादुर खड्कालाई शुक्रबार राति ८ बजे पक्राउ गरेको छ ।

उनलाई बारबर्दिया नगरपालिका- ८ बाट पक्राउ गरेको प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए । बास्तोलाले खड्का व्यापक चन्दा असुलीमा लागेको र उनी चन्दा संकलनमा सक्रिय भयको भन्ने उजुरि समेत प्रहरिले पायकोले उनलाई पक्राउ गरियको समेत बताए ।

जिल्लाबाट गएको प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको हो । उनीमाथि चन्दा असुलीको अभियोग रहेको प्रहरी उपरिक्षक बास्तोलाको भनाइ छ ।

LIVE TV