११ माघ २०७६, शनिबार
  • राजु पौडेल

झापाा, माघ ११ । झापाका जनप्रतिनिधि र प्रहरी, प्रशाशनले झापा र इलाम सीमाको चुरे क्षेत्रबाट हुने गरेको अवैध ढुङ्गा, गिट्टी र बाल’वा उत्खनन नियन्त्रणमा चासो नदेखाएपछि इलाम रोङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय चुरे क्षेत्र बचाउ अभियानमा उत्रिएका छन् ।

चुरे क्षेत्रको रोङ गाउँपालिका–६ स्थित सिद्धि र मेची खोलाबाट तस्करहरूले दिनहुँ ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्ने कार्य नरोकिएपछि रोङ गाउँपालिकाका स्थानीय युवाले सिँचाइ नहर बन्द गरेर विरोधमा उत्रिएका थिए ।

स्थानीय युवाहरूले संर्घष समिति गठन गरी सिद्धि खोलाको सिँचाई नहर बन्द गरेपछि मेचीनगर २, ३ र ४ का कृषक दिन पानीबाट वञ्चित हुनु पर्यो ।

सिद्धि नहरको पानीले मेचीनगरमा ७ सय हेक्टर जमिनमा सिँचाइ हुँदै आएको छ । आइई गरेको क्षेत्रबाट मात्र ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न पाउने भनी मेचीनगर नगरपालिकाले ठेक्का लगाएको छ । तर, ठेकेदार र तस्करले चुरे क्षेत्रको इलामबाट ढुङ्गा तस्करी गरी झापा ल्याएर बेच्ने गरेका पाइएको छ ।

चुरे क्षेत्रको दोहन रोक्नसंर्घष समितिले बन्द गरेको नहरमा रोङ गाउँपालिकाको नैतिक समर्थन गरेको रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राईले बताउनुभयो ।

झापाका जनप्रतिनिधिले चुरे क्षेत्र दोहनको विषयमा चासो नदेखाएपछि रोङ गाउँपालिकाका युवाहरूले सिद्धि नहर बन्द गरेर दबाब दिन बाध्य पारेका थिए . अवैध चोरी तस्करी नरोकिएपछि युवाहरूले संर्घष समिति गठन गरेर पुस २७ गते नहर बन्द गरेको संर्घष समितिका संयोजक निर्मल तामाङले बताउनुभयो ।

चुरे क्षेत्र दोहनसँगै ढ’ङ्गा तस्करी रोक्न’ पर्छ संर्घष समिति र जनप्रतिनिधिले अडान राख्दै सिद्धि नहर बन्द गरेपछि गत सोमबार इलाम र झापा बिच सर्वपक्षीय छलफल भएको थियो । सर्वपक्षीय छलफलमा चार बुँदे सहमति हुदै चुरे क्षेत्रको दोहन रोक्दै त्यसक्षेत्रमा सवारीसाधन प्रवेश निषेध गरिएको रोङ ६ का वडा अध्यक्ष मनिकुमार स्याङ्बोले बताउनुभयो ।

तर, गत सोमबार बेलुका साढे ६ बजे चार बुँदे सर्वपक्षीय सहमति पश्चात् पनि चुरे क्षेत्रबाटै ढुगा तस्करी भइरहेको भेटियो । सहमति भएको तीन घण्टा नबित्दै सो क्षेत्रबाट उत्खनन भएको ढुंगासहित टिपर छलफलमा गएका जनप्रतिनिधि र पत्रकारको टोलीले घर फर्किने क्रममा राती सडकमा फेला पार्यो ।

चालकसँग मेचीनगरले ठेक्का लगाएको विनीता श्री ट्रेड एन्ड सप्लायर्स प्रालि इटहरी रसिद थियो . सो रसिदमा ढुङ्गा २६५ क्यू फिटको कर बापत १ हजार ७ सय रुपैयाँ लिएको देखिन्छ । टिपर चालकका अनुसार सोमबार बेलुका ६ बजे नेत्र सुबाबाट ढुङ्गा ल्याएको बताउन’भयो ।

त्यस क्षेत्रबाट उत्खनन गरी काँकडभिट्टा हुँदै बिर्तामोड तर्फ गइरहेको दुई वटा टिपर इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले नियन्त्रणमा लियो ।

प्रहरीले ना ७ ख ६६२५ नम्बर टिपर धुलाबारी चोकबाट र को १ ख ४३९४ नम्बरको टिपर इटाभट्टा चोकबाट नियन्त्रणमा लिएको र कारबाहीका लागि जिल्ला समन्वय समिति झापा पठाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

ठेकेदारले केही जनप्रतिनिधि र केहि स्थानीय प्रहरीको आडमा चुरे क्षेत्रसहित मेचीनगरका खोलाहरूको निरन्तर दोहन गरिरहेको छ, यसलाई रोक्न जिम्मेबारी निकाय नै पन्छिन खोजिरहेको छ ।

LIVE TV