नेपाली सेनाको टोलीले सोलार प्यानलमा जमेको हिउँ सफा गरेसँगै हुम्ला सदरमुकामको सञ्चार सेवा सुचारु



प्रकाशित मिति : Jan 24, 2020
  • जनक शाही,

हुम्ला, १० माघ । नेपाली सेनाले सिमकोट गाउँपालिका–६ छोपाखोर लेकमा निर्माण गरिएको रेडियो लिंकको टावरको सोलार प्यानलमा जमेको हिउँलाई सफा गरेको छ ।

शुक्रबार नयाँ भैरविदल गुल्मका गुल्मपति सेनानी विक्रम थापाको नेतृत्वमा गएको टोलीले ३ हजार ८ सय मिटरको उचाईमा रहेको नेपाल टेलिकमको टावरसँगै जडान गरिएको सोलार प्यानलमा जमेको हिउँलाई सफा गरेको हो ।

यसरी नेपाली सेनाको टोली सोलार प्यानलमा जमेको हिउँलाई सफा गरेपछि सिडीएमए र जिएसएम मोबाइलको नेटवर्क जाने समस्या समाधान भएको स्थानीयको भनाइ छ ।

उक्त सोलार प्यानलमा हिउँ जमेसँगै सिस्टम नचल्दा हुम्लाको सञ्चार सेवा ठप्प भएको थियो । तर, उक्त सोलार प्यानलमा जमेको हिउँ नेपाली सेनाले सफा गरेपछि इन्टरनेट सेवा सञ्चालनमा नआएपनि सिडीएमए र जिएसएम मोबाइलको नेटवर्क भने सञ्चालनमा आएको नेपाल टेलिकम हुम्लाले जनाएको छ ।

सोलार प्यानलले हिउँको भार थेग्न नस्कदा १० वटा सोलारको स्ट्याण्ड भाँचिएका छन् । त्यस्तै केही सोलार प्यानल फुटेका जानकारी गराइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com