यस्तो बन्यो ‘गज्जब क्रु’को पहिलो म्युजिक भिडियो



प्रकाशित मिति : Jan 24, 2020

काठमाडौं, १० माघ । वेब सिरिजबाट लोकप्रियता कमाएका कलाकारहरु एउटै म्युजिक भिडियोमा देखिएका छन् ।

मेलिना राई र हिमाल सागरको स्वर रहेको गीतको भिडियोमा सहिन प्रजापति, कुशल विष्ट, जिवेशसिंह गुरुङ, सुनिसा बजगाईं, सरोज ओली एकैसाथ देखिएका हुन् ।

‘मेरी पुतली’ गीतको म्युजिक भिडियो ‘गज्जब क्रु’ को पहिलो प्रस्तुति हो । दिपक शर्माको संगीत, घनश्याम ओलीको शब्द रहेको गीतको भिडियो सहिन प्रजापतिले निर्देशन गरेका हुन् ।

नवराज उप्रेतीको छायाँकन रहेकोे भिडियोलाई अमन मानन्धरले सम्पादन र रेनिश फागोले रंग संयोजन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com