यस्तो बन्यो मानुषी छिल्लरको डेब्यु फिल्म ‘पृथ्वीराज’को फस्र्टलुक



प्रकाशित मिति : Jan 24, 2020

काठमाडौं, १० माघ । पूर्व ‘मिस वल्र्ड’ मानुषी छिल्लर बलिउडका खेलाडी अक्षय कुमारको साथमा चाँडै सिल्वर स्क्रिनमा देखिदैछन् । मानुषीले फिल्म ‘पृथ्वीराज’बाट बलिउडमा डेव्यु गर्न लागेकी हुन् ।

‘पृथ्वीराज’को फस्र्टलुक पनि सार्वजनिक भइसकेको छ । मानुषीले फिल्मको फस्र्टलुक आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छन् । यो फिल्मलाई डा.चन्द्रप्रकाश द्विवेदीले एक्शन–कट गर्दैछन् ।

यस फिल्मको फस्र्टलुकमा मानुषीलाई प्रस्तुत गरिएको छ । उनको कुनै गेटअप देखाइएको छैन, किनभने पोस्टरमा मानुषीको छायाँलाई देखाइएको छ ।

यो फिल्म निडर र पराक्रमी राजा पृथ्वीराजको जीवनीमा आधारित छ । यो फिल्ममा अक्षय कुमारले पृथ्वीराज र मानुषीले भव्य संयोगिताको भूमिका निभाउने बताइएको छ ।

मानुषी छिल्लर अभिनेत्री प्रियंका चोपडा र ऐश्वर्य राय बच्चनको ठूलो प्रसंसक हुन् । उनले प्रियंका र ऐश्वर्यलाई आफ्नो रोल मोडल मान्दै आएकी छन् ।

मानुषी एक राम्रो डान्सर पनि हुन्, उनले चर्चित डान्सर राजा र राधा रेड्डीको साथमा ट्रेनिङ लिएकी छन् । उनको डेव्यु फिल्म ‘पृथ्वीराज’ १३ नोभेम्बरबाट विश्वभर रिलिज हुनेछ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com