१० माघ २०७६, शुक्रबार
  • केदार शर्मा,

चितवन, १० माघ । टिभीएस मोटर कम्पनीले ‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ मोडेलको स्कूटर चितवनमा सार्वजनिक गरेको छ ।

नेपालको लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.ले कार्यक्रमको आयोजना गरी चितवनको आधिकारिक शोरुम ‘मालाश्री मोटर्सबाट’ टिभीएस एन्टर्क रेस एडिसनलाई सार्वजनिक गरेको हो ।

शुक्रबार सार्वजनिक गरिएको सो स्कूटरमा एलईडी डिआरएल र एलईडी हेडल्याम्प दिइएको छ । यसमा हजार्ड ल्याम्प अर्थात् आकस्मिक बत्ती पनि दिइएको छ, जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिनेछ ।

स्कूटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेस इडिसन’ले टिभीएसको रेसिङ पेडिग्रीलाई झल्काउँछ । यो स्कूटर शानदार तीन संयोजन–म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

टिभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेश एक्जुक्युटिभ भाइस–प्रेसिडेन्ट आर दीलिपले टिभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकहरुमाँझ निकै लोकप्रिय बन्न पुगेको बताए ।

उनले भने, ‘यसको आकर्षक एपिरियन्स र टिभीएस स्मार्ट एक्सकनेक्ट विशेषताबाहेक यसको प्रदर्शन टिभीएस एनटर्क १२५ को हलमार्क बनेको छ । यो स्कुटर टिभीएस रेसिंगको ३७ वर्षको समृद्ध पेडीग्रीबाट निर्माण गरिएको हो । यसलाई मनाउनका लागि रेस एडिसन सार्वजनिक गरिएको हो ।’

त्यस्तै, जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, ‘टिभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कूटर बजारमा ठूलो परिवर्तन ल्याएको छ । यो स्कुटर तत्कालै सबैमाँझ लोकप्रिय बन्न पुग्यो र हामी निश्चित छौं कि रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कूटरमा अझ बढी अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्नेछ ।’

टिभीएस एनटर्क १२५, नेपालको स्पोर्टी ब्लूटुथ कनेक्टेड स्कूटर बताइएको छ । यस स्कूटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ । टिभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेशल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सकिने बताइएको छ ।

LIVE TV